काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जका ७० वर्षीय एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नारायणी अस्पतालमा साउन ६ गते भर्ना भएका उनकाे उपचारका क्रममा साउन ७ गते मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।