मंसिर ०७, २०८१, शुक्रबार
               

रकम लुटिएको नाटक गर्नेसहित तीन पक्राउ

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

जनकपुर । धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहित घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । 

बुधबार करिब चार लाख रुपैयाँ लुटिएको सूचनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । 

कमला नगरपालिका–२ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर तीन लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा–१७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सोरुमको तीन लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैंक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए ।

पक्राउ पर्नेमा धिरजसहित धनुषा शहिदनगर नगरपालिका–७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २१ वर्षीय छोटु झा छन् । 

उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर  रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि