काठमाडौं । बुधबार हराएका कोरोना संक्रमित विराट नर्सिङ होम (विराटनगर)ले लुकाएको आरोप लागेको छ ।
विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भए पनि नर्सिङ होमले टिपाएको नम्बर र नामका आधारमा प्रहरीले फरारको खोजी गर्दा नपाइए पछि नर्सिङ होमले कोरोना संक्रमित लुकाएको खुलेको हो ।
बुधबार कोरोना संक्रमित भएका व्यक्ति सो हस्पिटलकै भएको आँकलन गरिएको छ ।
तर, अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखि पठाउनाले पिन सो आँकलनलाइ थप पुष्टि गर्न सहयोग मिलेको छ ।
प्रहरीले अस्पतालका कर्मचारीमाथि के भएको भनी दबाब परेपछि अस्पतालले झुटो विवरण पठाएको खुलेको हो ।
यसका अलवा विराटनगर महानगरपालिकाका आधिकारिक पदाधिकारीले अस्पतालले बदमासी गरेको अभिव्यकति दिएका छन् ।
अहिले संक्रमितको पहिचान भइसकेको र संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।