विराटनगर । प्रदेश १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यसअघि हिजो (बुधबार) एक जना प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज थप चार जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी दीपक पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार संक्रमित सबैजना क्वारेन्टाइनमा छन् ।
कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।