बैशाख २१, २०८१, शुक्रबार
               

आज पनि देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि