जेठ ०४, २०८१, शुक्रबार
               

विपद‍्मा परी कर्णालीका २५ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०७, २०७७

hatya
ADVERTISEMENT

सुर्खेत । विभिन्न प्राकृतिक विपद‍्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद‍्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ ।

प्राकृतिक विपद्का कारण यस अवधिमा करिब छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि