जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन खुलेसँगै पुरानै लयमा फर्कदै जनजीवन
खुल्न बाँकी सेवाहरू यस्ता छन्

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलवार मध्यरातबाट लकडाउन खुलेको छ । योसँगै लकडाउनअघि सुनसान देखिएको सडक सवारी साधनले भरिन थालेको छ । बुधवार बिहान कार्यालय समयमा राजधानीको कोटेश्वर, जडीबुटी क्षेत्रमा जाम नै भयो । छोटो दूरीका सवारी साधन निर्वाध चल्न थालेपछि लकडाउनपछि राजधानीमा पहिलोपटक सवारी चाप देखिएको हो ।

विहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सडकमा सवारी जाम भयो । झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा पहिलोपटक यति धेरै सवारी साधनको जाम भएको हो । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिन थालेको छ । यसअघि महिनादिन अघि निजी सवारी जोर विजोर गरी सञ्चालन गरिन थालिएको थियो । त्यसयता केही मुख्य चोकमा केही समय पर्खन पर्ने अवस्था थियो ।

तर सबै सवारी चल्न थाले पनि सोमबारबाट चोकहरूमा सवारी साधनको जाम लागेको छ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएका छन् । सडकमा पनि बटुवाहरूको आउजाउ बाक्लो देखिएको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै जोर बिजोर प्रणाली पनि हटेको छ । जसले सडकमा सवारी साधनको संख्या वृद्धि हुँदा जाम भएको हो । सार्वजनिक सवारी चल्न थालेपछि कार्यालयमा काम गर्ने कर्मचारी आउजाउ बढेको छ । अर्थतनत्र थप चलाएमान भएको  छ । सरकारले अन्तर जिल्ला सार्वजनिक सवारी साधन भदौ १ गतेसम्मका लागि बन्द गरेको छ । तेस्रो चरणमा बाँकी सेवाहरू खुल्नेछन् । सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा तेस्रो चरण लागू हुनेछ । 

निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछ

१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२ ) होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११)  आन्तरिक हवाई उडान


कस्तो लाग्यो ?

यो पनि