जेठ ०४, २०८१, शुक्रबार
               

पैसा लिएर बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

चितवन राप्ती नगरपालिका-९ का उद्धव घतानी र झापा मेची नगरपालिका-१० बस्ने गोरे भन्ने नर बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन्  ।

घतानीले एक नेपाली युवकलाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैया र १ हजार अमेरिकी डलर समेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याई २०७५ भदौ देखि २०७६ साउनम्म बन्धक बनाएकाे प्रहरीले जनाएकाे छ । 

साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याई एक अपार्टमेन्टमा बन्धक  बनाएकाे अभियोगमा व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-१० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो ।

नयाँदिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि