बैशाख १५, २०८१, शनिबार
               

एनसेलले निकाल्यो नयाँ सजिलो सिम

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नयाँ स्टार्टर प्याकमा ‘नयाँ सजिलो सिम’ ल्याएको छ ।

सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० मेन ब्यालेन्स खर्चमा बोनस डाटा पाउँछन् ।

नयाँ ग्राहकहरुले कर सहित मात्र ९९ मा यो सिम लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डाटा पाउँछन् ।

नयाँ सिम लिँदा ग्राहकले २० मेन ब्यालेन्स, २०० एमबी डाटा २० मिनेट अन नेट टक टाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डाटा र टक टाइम ७ दिनको लागि मात्र रहने छ ।


यो सिमको विशेषता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् ।

ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डाटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डाटा) बोनस स्वरुप पाउँछन् । यो डाटाको समयावधि ५ दिनको रहेको छ ।

यसका साथै, ग्राहकले प्रत्येक १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डाटा (१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डाटा) बोनस पाउँछन् । उदाहरणका लागि यदि यो सिम लिने ग्राहकहरुले भ्वाइस, डाटा वा एसएमएस सेवामा १०० खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन् । यसरी प्राप्त हुने बोनस डाटा ३ दिनका लागि मान्य रहन्छ ।

सिम लिनका लागि पहिचान प्रमाणीकरणका निमित्त सकल सहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्दछ ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘ग्राहकहरुलाई डाटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं ।’

थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

 नयाँ थिम ‘प्लस’ अन्तर्गतको आकर्षक स्टार्टर प्याक
 भ्वाइस र डेटा सेवाको बन्डल
 पहिलो रिचार्ज र प्रत्येक १०० को खर्चमा बोनस डेटा

 


कस्तो लाग्यो ?

यो पनि