जेठ ०४, २०८१, शुक्रबार
               

सुदूरपश्चिममा आज मात्रै थपिए १५ संक्रमित

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

धनगढी। बुधबार सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ र डडेल्धुरा प्रयोगशालामा ८ गरी आज १५ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेल्धुरा प्रयोगशालामा आज डोटीका सात र बझाङका एक जनामा कोरोना पुष्टि भएको छ ।

आजै धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जना गरी सात जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार आज संक्रमण पुष्टि भएकामा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवती रहेकी छन् ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की चार वर्षीया बालिका र २४ वर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ की २२ वर्षीया युवती र ५२ वर्षीय पुरुष र बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का २० वर्षीय युवकमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएका मध्य २ हजार २ सय २ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि