जेठ ०४, २०८१, शुक्रबार
               

प्रदेश १ प्रहरी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पु्ष्टि

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ प्रहरी कार्यालयका एक कर्मचारीमा कोरोना पु्ष्टि भएको छ । 

प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा  कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना सं‌क्रमण देखिएको हो ।

ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजीले बताए । 

तर, उनमा कसरी कोरोना संक्रमण देखियो भनी स्रोत पत्ता नलागेको बताइएको छ । अहिले उनलाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।

प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय  बन्द गरेर डिस्इन्फेक्ट गरिएको बताइएको छ । 

यो पनि