असोज ०५, २०८१, शनिबार
               

निजी र सार्वजनिक सवारी साधन सञ्चालनका लागि छुट्टैछुट्टै लाइसेन्सको प्रस्ताव

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभागले निजी र सार्वजनिक सेवाका सवारीसाधन चलाउनका लागि भिन्न किसिमको अनुमतिपत्र (लाइसेन्स) हुनु पर्ने प्रस्ताव राखेको ।

विभागले संघीय सवारी तथा यातायात ऐनमा नयाँ व्यवस्था गरेर निजी गाडी चलाउन लाइसेन्स लिएकाले सार्वजनिक सवारी साधन चलाउन नपाउने गरी लाइसेन्स वितरणको प्रस्ताव गरेको हो ।

विभागले संघीय ऐनको मस्यौदा तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको जनाएको छ । संघीय ऐनमा सार्वजनिक सवारीसाधन संचालनका लागि ‘प्रोफेसनल’ र निजी सवारी साधन संचालन गर्ने चालकलाई ’ननप्रोफेसनल’ ड्राइभिङ लाइसेन्स दिने प्रस्ताव गरिएको विभागको  भनाइ छ ।

प्रस्तावित व्यवस्थाअनुसार  ननप्रोफेसनल लाइसेन्स लिने चालकले सार्वजनिक सेवाका सवारीसाधन चलाउन पाउने छैनन् । अहिले निजी र सार्वजनिक सवारी साधन चलाउनका लागि एउटै मापदण्ड छ ।

सार्वजनिक सवारी साधन संचालन गर्न लाइसेन्स दिएका कारण चालकले आफ्नो कामको संवेदनशीलता र जिम्मेवारी ग्रहण गर्न नसकेको विभागको ठहर छ । चालकलाई जिम्मेवार बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागले जनाएको  छ ।

यसैगरी, व्यावसायिक सवारी साधनको ट्रायलमा पनि केही प्रावधान थप्न लागिएको छ । जसमा निश्चित पाठ्यक्रमसमेत पढ्नुपर्छ । तीन महिनाको कोर्स पढेर मात्रै लिखित परीक्षामा समावेश हुन पाइने व्यवस्था गर्न लागिएको छ । कोर्समा सवारी साधनको यान्त्रिक जानकारी, सवारी साधनसँग जोडिने विषय र यात्रुसँग गर्नुपर्ने व्यवहार लगायत हुने बताइएको छ ।

ट्रायल पास गरेलगत्तै ननप्रोफेसनल लाइसेन्स पाइने भने प्रोफेसनलका लागि केही समय परीक्षण अवधि राख्न लागिएको छ ।  


कस्तो लाग्यो ?

यो पनि