जेठ ०७, २०८१, सोमबार
               

तत्काल उपसभामुखको निर्वाचन गराउन अन्तरपार्टी समूहको ध्यानाकर्षण

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले तत्काल उपसभामुखको निर्वाचन गराउन  ध्यानाकर्षण गराएका छन् । 

म‌ंगलबार उनीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई उनीहरुले मंगलबारै भेटेर सभामुखलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । 

अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएको भनी सभामुखलाई ध्यानाकर्षण गराएका थिए । 

जवाफमा सभामुख सापकोटाले जवाफमा सभामुख सापकोटाले उपसभामुख निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफल भइरहेको बताएको बताइएको छ ।उनले आफूले उपसभामुखबारे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतालाई पटकपटक भेटेर कुरा राखेको, तर, अहिलेसम्म निर्वाचन हुन नसकेको बताए ।

यसका अलवा सो समूहले सभामुखसँगको भेटमा संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानून संघीय निजामती सेवा, शिक्षा सेवा, विशेष सेवालगायत विधेयकहरुमा पदपूर्तिसम्बन्धी व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावनाअनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि