बैशाख २५, २०८१, मंगलबार
               

पर्सीदेखि छोटो र लामो दुबै रुटमा यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा मंगलबार गरेका हुन् ।

सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने निर्णय गरेका हुन् ।

यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबे स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि