काठमाडौं । केही दिन अघिबाट भइरहेको भारी वर्षाको कारण धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले जनाएको छ ।
मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । देशभर निरन्तर भारी वर्षाका कारण बाढी पहिरोमा परेर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ भने कयौँ बेपत्ता भएका छन् ।