काठमाडौं । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर क्षेत्र डुबानमा परेको छ । सो खोलामा बाढी आएको बाढी बस्तीमा प्रवेश गरेपछि दुई दर्जन घर डुबानमा परेका हुन् ।
हुनमन्ते खोला आसपास करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।
उनीहरुले हनुमन्ते खोलामा आएको बाढी जमिनको सतहभन्दा करिब चार फिट माथि पानी आइएको बताए ।
हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको स्थानीयवासीको भनाइ छ ।