मंसिर ०७, २०८१, शुक्रबार
               

पाल्पामा पहिरोले दुई घर बगायो, तीन घर जोखिममा

रासस
साउन ०५, २०७७

ADVERTISEMENT

पाल्पा । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ ।

घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका हो ।

घर पछाडिबाट आएको पहिराले गए राति १२:३० बजे भित्ता नै भत्काउँदा भलसहितको पानीले तल्लो तलामा राखिएका सामान बगाएको छ ।

पानी परेपछि पहिराबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीयवासी दानस मल्लले बताए ।

पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ ।

यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिराको जोखिममा छन् ।

पहिरोपीडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडाध्यक्ष मित्रलाल कँडेलले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि