बैशाख २५, २०८१, मंगलबार
               

नारायणी नदी खतराको लेभलभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

चितवन । नारायणी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । 

नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार अहिले सतकर्ता तह पार गरेर पानीको सतह ७.७ मिटर पुगेको छ । 

नारायणी नदीको सतकर्ता तह ७.३ मिटर हो । आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा  उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधरणलाई आग्रह गरेको छ ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेभल (तह) मान्ने गरिन्छ । खतराको लेभल पुग्नका लागि ०.२३ मिटर पानीको बहाव बढ्नुपर्ने छ ।

यस्तै नारायणगढको पुलचोकमा गरिएको मापनमा पनि सतर्ककता तह भन्दा माथि पुगेको छ । यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ । 

अहिले ११ मिटर नाघेर नारायणीको पुलचोकमा ११.१२ मिटर पुगेको छ ।  


कस्तो लाग्यो ?

यो पनि