जेठ ०५, २०८१, शनिबार
               

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले माेटरसाइकल चालककाे नाममा पौने ६ लाख लिए

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । एउटै गाउँपालिकाले  करारमा ३ जना माेटरसाइकल चालक राखेर पौने ६ लाख रुपैयाँ खर्च गरेकाे पाइएकाे छ । 

महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले माेटरसाइकल चालककाे नाममा पौने ६ लाख लिएका हुन् ।

महालेखाको प्रतिवेदनले भनेको छ, ‘कार्यालयमा सवारी साधन भएकाे अवस्थामा चालक राखी भत्ता दिन मिल्नेमा बराहपोखरी गाउँपालिकाले सवारी साधन नभएकाे अवस्थामा ३ जना सवारी चालक करारमा राखी ५ लाख ७६ हजार खर्च गरेकाे देखियो ।’

महालेखा परीक्षकको कार्यालयका अनुसार माेटरसाइकल चालक नियुक्ती गर्न नमिल्ने र यस बारेमा छलफल गर्दा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले माेटरसाइकल चालक राखेका पाइएकाे हाे । 

यो पनि