मंसिर ०७, २०८१, शुक्रबार
               

धेरै नेपाली रहेका देशहरुमा उडानलाई प्राथमिकता दिने सिसिएमसीको निर्णय

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको सो समितले यस्तो निर्णय गरेको हो ।

यसका अलवा सो बैठकले श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने पनि निर्णय गरेको छ । 

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दियो । 

यसका अलवा सो बैठकमा  जुन मुलुकबाट धेरै आउन बाँकी छन् ती मुलुकहरुबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीकरण गरिने निर्णय भएको मन्त्रिपरिषाद कार्यालयले जानकारी दियो । 


कस्तो लाग्यो ?

यो पनि