जेठ ०४, २०८१, शुक्रबार
               

रेष्टुरेन्ट सञ्चालक ३ दिनदेखि बेपत्ता

रासस
साउन ०४, २०७७

ADVERTISEMENT

बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् ।

बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी छोरी सृष्टिले जानकारी दिइन् ।

भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको छ । खोजीका लागि सबैलाई सहयोग गर्न सृष्टिले आग्रह गरे ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि