बैशाख २४, २०८१, सोमबार
               

अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, एक घाइते

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । अर्घाखाँची प्रहरीका अनुसार गोरूसिङगे–सन्धिखर्क सडकखण्डको ठाडादह नजिकै शनिबार साँझ स्कार्पियो जीप दुर्घटना भएको हो । उक्त घटनामा एकको मृत्यु हुनुका साथै एक गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको उक्त जीप दुर्घटनामा पाल्पा रैनादेवी गाउँपालिका– ८ का ३८ वर्षीय पाण्डव ठाहारीको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । गाडी चालक लिला तामाङ गम्भीर घाइते भएका छन् । जीप  सडकबाट करिव ६ सय मिटर तल खोलामा खसेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि