बैशाख १८, २०८१, मंगलबार
               

सौतेनी आमाले गरिन् छोराको हत्या

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

रौतहट । देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ ।

उनकाे हत्या अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुलीदेवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ । सौतेनी आमा फुलीदेवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि