जेठ ०९, २०८१, बुधबार
               

आक्रमणकारीलाई कानुनी दायरमा ल्याउन माग

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले शनिबार विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन् । 

यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उनले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

घाइते कार्कीको विराटनमा उपचार भइरहेको छ । महासङ्घले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि