बैशाख २१, २०८१, शुक्रबार
               

आइतबारदेखि फेरि लगातार मनसुन सक्रिय हुने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । साउन ४ गतेदेखि ३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त समयमा मनसुन न्यून चापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । वर्षासँगै बाढी पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

यस्तै, साउन ५ देखि ८ गतेसम्म कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङदी र कालीगण्डी नदीका साथै तिनका सहायक नदीहरुमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ । साउन ९ गतेसम्म यी नदीहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

साउन ५ देखि ७ गतेसम्म तिनाउ, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीमा समेत पानीको सतह बढ्ने सक्ने जनाइएको छ ।

शनिबार भने दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो पनि