बैशाख २६, २०८१, बुधबार
               

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजमा कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७-७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । 

बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । 

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि