जेठ ०५, २०८१, शनिबार
               

बाढी र पहिरोका कारण दुई महिनामा देशभर १०१ जनाको मृत्यु, ५१ जना बेपत्ता, कुन जिल्लामा कति

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौँ-  बाढी र पहिरोका कारण पछिल्लो दुई महिनामा देशभर एक सय १ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसबीचमा ४१ जना घाइते रहेका छन् । यो तथ्यांक गत जेठ ३१ गतेदेखि शुक्रबारसम्मको हो ।

प्राधिकरणका अनुसार म्याग्दीमा २८, तनहुँ र जाजरकोटमा ११/११ जनाको मृत्यु भएको छ ।

पर्वतमा ९, पाल्पामा ४, बझाङमा ७, गुल्मीमा ५, सिन्धुपाल्चोकमा ६, लमजुङमा ३, कास्कीमा ९, रुकुम पश्चिममा २, मोरङमा १, सर्लाहीमा १, स्याङ्जामा ३ र बाजुरामा एक जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकमा २६ र  संखुवासभामा ११ जना बेपत्ता छन् ।


कस्तो लाग्यो ?

यो पनि