बैशाख २७, २०८१, बिहीबार
               

शुक्रबार(आज) १५ अन्तर्राष्ट्रिय उडान हुने, विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडाैं  । साउदी र कतारबाट नेपाली लिएर चारवटा जहाज आज बिहानै काठमाण्डौमा आइपुगेका छन् । साउदीको दमामबाट मात्रै नेपाली लिएर तीन वटा जहाज आएका छन् ।

हिमालय एअरलाइन्सका दुई जहाज र नेपाल अएरलाइसन्सको एक जहाज साउदीबाट काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज साउदीबाट मात्रै नेपाली ल्याउनका लागि पाँच उडान हुँदैछन् । अब साउदीको रियादबाट हिमालय एअरलाइन्सका दुई जहाज नेपाली लिएर आउँदैछ ।

यस्तै कतारबाट पनि नेपाली लिएर बिहानै नेपाल एअरलाइन्सको जहाज काठमाण्डौमा अवतरण गरिसकेको छ । कतार एअरवेजको जहाज पनि दिउँसोे काठमाण्डौ आइपुग्ने छ । आज कुवेतबाट पनि दुई उडानमार्फत नेपाली फर्कंदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँबाट नेपाली आउने विमानस्थलले जनाएको छ ।

आज विभिन्न देशमा नेपाली लिनका लागि जहाजहरु जाँदै छन् । हिमालय एअरलाइन्सका दुई वटा जहाज बहराइन जाँदै छन् । त्यहाँ समस्यामा रहेका नेपाली लिएर भोलि जहाज काठमाण्डौ आउनेछन् ।

हिमालय एअरलान्सकै दुई जहाज आज कतारको दोहा जाँदै छन् । विमानस्थलका अनुसार नेपाली ल्याउन, लिन जान र लिएर आएका जहाज फर्कन गरी आज १५ अन्तर्राष्ट्रिय उडान हुनेछ ।

 


कस्तो लाग्यो ?

यो पनि