मंसिर ०७, २०८१, शुक्रबार
               

फुल्पिङकट्टीमा फेरि गयो पहिरो : स्थानीय त्रासमा

रासस
साउन ०२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चाेक ।  भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ ।

स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए ।

बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र  एकै परिवारका अन्य तीन जना  बेपत्ता भएका थिए ।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ ।

१६ वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि