मंसिर ०१, २०८१, शनिबार
               

नक्कली बिरामी बोक्ने एम्बुलेन्सचालक पक्राउ

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो पक्राउ परेका छन् । 

नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतो बिहीबार पक्राउ परेका हुन् ।

उनी अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सकाचालक महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सो एम्बुलेन्समा चालकसहित आठ जना सवार रहेको र सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको पाइएपछि एम्बुलेन्स चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महतोले सर्लाहीबाट ती यात्रुलाई काठमाडौँसम्म लगिदिने सर्तमा  १४ हजार भाडा लिएको खुलेको प्रहरीले जनाएको छ ।

यो पनि