असोज ०६, २०८१, आइतबार
               

बिहीबारबाट साझा यातायातले ८ रुटमा २६ वटा बस चलाउने

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा यातायातले बिहीबारबाट ८ वटा रुटमा २६ वटा बस चलाउने भएको छ । 

सार्वजनिक यातायात व्यवसायी संघले सरकारसँग विभन्न माग राख्दै सवारी चलाउन आनाकानी गरिरहेका बेला साझा यातायातले बस सञ्चालन गर्न लागेको हो । 

केह दिनअघि सुन्दर यातायातले बिजुली गाडी चलाएको छ । 

अघिल्लो साताबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।

काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि