असोज ०६, २०८१, आइतबार
               

विप्लव समूहका ब्युरो इञ्चार्ज पक्राउ

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् । 

विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् ।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले  विप्लव समूहका एक नेता पक्राउ परेको जानकारी दिए । 

प्रहरीले 'पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुनलाई पक्राउ गरेको' विप्लव समूह स्रोतले पुष्टि गरेको छ ।

नेता पुन (विप्लव समूहभित्र) सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । 


कस्तो लाग्यो ?

यो पनि