असोज ०६, २०८१, आइतबार
               

बन्दाबन्दीमा ११९ मानव अधिकार उल्लङ्घनका घटना

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की ५, घाइते ११२, कुटपिट १२, अपहरण ६, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ । 

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि