जेठ ०८, २०८१, मंगलबार
               

म्याग्दी पहिरो अपडेट : २८ को शव भेटियो, चार अझै बेपत्ता

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  म्याग्दीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३२ मध्ये मंगलबार दिउँसोसम्म २८ को शव भेटिएको छ । 

गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा भीषण पहिरोमा परी उनीहरु बेपत्ता भएका थिए । 

जसमध्ये चारजना अझै बेपत्ता छन् भने अन्य १२ जना घाइते भएका छन्।

पहिरोका कारण १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जना प्रभावित भएका छन् । अहिले उनीहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ । खराब मौसमका कारण सो क्षेत्रमा उचित राहत पठाउन सकिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि