असोज ०६, २०८१, आइतबार
               

सिँचाई प्रमुख नारायणकाजी श्रेष्ठ ९ लाख घुससहित पक्राउ

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ । 

काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।   

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि काठमाडौंबाट अख्तियारको टोली स्टिङ अपरशेका आएको पुष्टि गरे तर उनले पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको जानकारी दिए। 
 


कस्तो लाग्यो ?

यो पनि