असोज ०६, २०८१, आइतबार
               

आफू बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

धनगढी । आफू बैंकको कर्मचारी रहेको र कमिसन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदम राज भट्ट र डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ घर भई सिलगडीमा डेरा गरी बस्ने ३५ वर्षकी सन्जा कुमारी कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई डोटी जिल्लाको पिपल्लाबाट पक्राउ गरिएको हो ।

नेपाल बैंक लिमिटेडमा शाखा अधिकृतको रुपमा कार्यरत रहेको भन्दै टीकापुर नगरपालिका वडा नम्बर १ की एक महिलासँग १० लाख रुपैयाँ दिएमा ३ करोड ५० लाख ऋण स्वीकृत गरिदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको छ । ती महिलाले शंका लागेर प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेर ती दुवै जनालाई पक्राउ गरेको हो ।

धनगढी वडा नम्बर ५ मा घर भएको परिचय दिने भट्टको साथबाट नेपाल बैंक लिमिटेडको नक्कली परिचय पत्र, बिभिन्न बैंक तथा आइएमईका भौचर समेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुविरुद्ध ठगी शिर्षकमा मुद्धा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।

भट्टले बैंकको शाखा प्रवन्धकको परिचय दिँदै जागिर लगाइदिने भनेर फेसबुक, फोन मार्फत परिचय गरि ठगी गरेको प्रहरीले जनाएको छ । भट्ट यसअघि पनि अपहरण तथा जबरजस्ती चोरीम मुद्धामा पुर्पक्षका लागि कारागार गएर धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि