असोज ०६, २०८१, आइतबार
               

महिलामाथि अभद्र गर्ने वडाध्यक्ष धरौटीमा रिहा

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

कञ्चनपुर । महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । 

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि