असोज ०६, २०८१, आइतबार
               

खोलाले बगाएर वृद्धको मृत्यु

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका ९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका ५ जम्बु र भोटेकोशी गाउँपालिका ५ बुलकोटेका २० जनाको खोजी जारी  छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि