असोज ०६, २०८१, आइतबार
               

सोमबार एकैदिन १ हजार ७०५ जना कोरोनामुक्त

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साथै हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ८९ हजार ३७१ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६१३ जना आइसोलेसनमा रहेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि