बैशाख १६, २०८१, आइतबार
               

काँग्रेसले भोटेकोसी बाढीपीडितलाई राहत वितरण गर्‍यो

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिकाका ७३ घरपरिवार बाढी पहिरोबाट पीडित परिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यन्न वितरण गरिएको हो ।

चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको स्थानीय काँग्रेस नेता युधिर पौडेललले जानकारी दिएका छन् ।

बाढीपिडितको घर भोटेकोसी र यान्की खोलाले बगाएपछि उनीहरूलाई गाँसबासकै समस्या हुँदै आएको थियो । साथै काँग्रेसले बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगदसहित राहत दिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले आइतबार बाह्रबिसे ५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार ७ हजारको दरले नगद वितरण गरेका थिए, भने बाढीबाट पीडित २७ परिवारलाई २ हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।

  


कस्तो लाग्यो ?

यो पनि