असोज ०६, २०८१, आइतबार
               

६ निजी प्रयोगशाला, जसले पाए कोरोना परीक्षण गर्ने अनुमति

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट परीक्षण गर्न अनुमति दिएको छ ।

काठमाडौं उपत्यका चार वटा, बुटवल र नेपालगञ्जका एक–एक वटा  निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न सरकारले अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

काठमाडौं उपत्यकामा ललितपुर सानेपास्थित स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटस्थित सूर्या हेल्थ केयरले कोरोना परीक्षण गर्ने अनुमति पाएको हो ।

त्यसैगरी बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । 

कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । 


कस्तो लाग्यो ?

यो पनि