बैशाख २२, २०८१, शनिबार
               

दाङमा अवरोध भएपछि सलह जुम्ला अर्घखाँची र प्युठानतर्फ जाने आँकलन

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार बिहान दाङ हुँदै नेपाल प्रवेश गरेको सलह किराका झुन्ड आजै बागलुङ, जुम्लामा अर्घखाँची र प्युठानसम्म पुगेका छन् । 

सलह सूचना केन्द्रले दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट नेपाल प्रवेश गरेसँगै यसअघि नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय भएको जनाएको छ ।

दाङको राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको सलहको समूहलाई स्थानीय कृषक तथा समुदायबाट अवरोध भएपछि ती झुन्ड प्यूठान र अर्घाखाँचीलगायत जिल्लामा प्रवेश गर्न सक्ने सलह केन्द्रको आँकलन छ । 

यसैगरी बागलुङमा पनि सलहका ससाना झुन्ड देखिएका छन् । तर, ती झुन्ड यसअघि नेपाल प्रवेश गरेको सलह पानी परेका कारण निष्कृय भएको र घाम लागेपछि पुनः सक्रिय भएको अनुमान गरिएको छ । 

केन्द्रले नेपाल भित्रिएको सलहले कृषि बालीमा क्षति गर्न सक्ने भन्दै सतर्क रहन कृषकलाई आग्रह गरेको छ । 

विभिन्न जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमार्फत सलह नियन्त्रण गर्न पहल थालिएको केन्द्रले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि