असोज ०६, २०८१, आइतबार
               

उपत्यकामा भित्रभित्रै काेराेना फैलिने डर, परीक्षणको दायरा बढाउन दबाब

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो केही दिनयता उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा तीव्र बनाएकाे छ ।  एक हप्ताभित्र कम्तीमा पनि ४५ हजार नमुना संकलन गरी परीक्षण गर्न मन्त्रालयले तयारी थालेकाे छ ।

४५ हजारको परीक्षण गर्दा उपत्यकामा संक्रमणको अवस्था थाहा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । सोहीअनुसार मन्त्रालयले उपत्यकाकाे जोखिम मानिएका क्षेत्रमा समुदायस्तरमा परीक्षणको दायरा बढाएको हो । जसअनुसार मन्त्रालयले टोखा नगरपालिका-६ हरियाली बस्तीमा गरेको परीक्षणमा तीन स्थानीयसहित चार जनामा संक्रमण पाइएकाे थियाे ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा गरिएको परीक्षणमा गत साता समुदायमा कोराना भाइरस संक्रमण छ छैन भनी उपत्यकाका विभिन्‍न १२ स्थानबाट एक/एक सयका दरले पिसिआर परीक्षणका लागि नमुना संकलन गरेको थियो ।

त्यसक्रममा क्रममा टोखाबाट नमुना लिएर परीक्षण गरिएकाे हो ।​मन्त्रालयका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमुना जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको हाे ।

मन्त्रालयले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्‍न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तीमा एक सयका दरले नमुना संकलन गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि