बैशाख २२, २०८१, शनिबार
               

फेरि भारतबाट दाङमा पस्याे सलहको ठूलाे समूह

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

दाङ– देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

‘अहिले देखिएको सलह किरा भारतबाट आएको नयाँ झुण्ड रहेको जानकारीमा आएको छ’, उनले भने, ‘राप्ती र गढवा गाउँपालिका क्षेत्रमा सलह रहेको पाइएको छ ।’

यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको राप्ती गाउँपालिका निवासी बासुदेव न्यौपानेले जानकारी दिए ।

‘अस्तिको भन्दा अहिलेको सलह किराको झुण्ड ठूलो र धेरै छ। अहिले किरा फैलिएर मकैबालीमा बसेको छ’, उनले भने, ‘सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ । तर किरा भागेका छैनन् ।’

राप्ती गाउँपालिका वडा नं. २, ३, ४ क्षेत्रमा ठूलो संख्यामा सलह किरा रहेका छन्। राप्ती गाउँपालिका वडा नं. २ लालमटीया निवासी चन्द्रबहादुर कुमालले सलह धपाउन थाल ठटाउने र धुवा पार्ने काम गरेको बताए ।

‘सलह किरा धेरै देखियो । किराबाट मकै जोगाउन आवाज निकाल्नुपर्ने भएकाले थाल ठटाएँ, अनी धुवाँ पारेँ’, उनले भने, ‘सलहले बालीनालीमा धेरै असर गर्ने हो की भन्ने चिन्ताले सताउन थाल्यो ।’

पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेकाे धितालले बताए। यसअघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुर्‍याएको थियो ।


कस्तो लाग्यो ?

यो पनि