बैशाख २२, २०८१, शनिबार
               

सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश गरे

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडाैं । सलह किरा पुन: नेपाल प्रवेश गरेका छन् ।

आइतबार दाङमा सलह दुई झुन्ड प्रवेश गरेको सलह सूचना केन्द्रले जानाएको छ । 

केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुईवटा झुन्ड दाङमा देखिए हुन् ।

केन्द्रका अनुसार आइतबार  एक/दुई लाखको संख्यामा सलहको समूह नेपाल प्रवेश गरेको छ । यतिखेर सो झुन्ड आकाशमा उडिरहेको बताइएको छ । 

यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेकाले सलह पुन: नेपाल प्रवेश  गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेसँगै  कृषक अहिले मकैबारी र धानखेतमा भाँडाको आवाज र आँगो बालेर धुँवा निकालेर बसेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि