असोज ०६, २०८१, आइतबार
               

हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि...

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण पुष्टि भएको छ । 

बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार, थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । 

हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेश अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । 

२६ गते आएको रिपोटमा उनमा कोरोना पोजेटिभ देखिएको डीएसपी घर्तीले जानकारी दिए ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । 

उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि