असोज ०६, २०८१, आइतबार
               

गण्डकीमा थपिए १५ संक्रमित

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आइतबार १५ जनामा संक्रमण पुष्टि भएको हो ।

तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई–दुई जना, नवलपुर, स्याङ्जा र गोरखाका एक–एक जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १९२ जना पुगेको छ । जसमध्ये ७३६ जना डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि