असोज ०६, २०८१, आइतबार
               

फायरलाइनमा जिप दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
असार २८, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए । 

शनिबार बेलुका भएको सो दुर्घटनामा चार जना घाइते भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि