असोज ०६, २०८१, आइतबार
               

मिर्गौला तस्करी आरोपमा डाक्टरसहित चार जना पक्राउ

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ ।

कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् । उनीहरु बाहेक समितिका सदस्य सर्जन डा. राकेश बर्मा भने फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो ।

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको बताए । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ । – रासस
 


कस्तो लाग्यो ?

यो पनि