बैशाख २२, २०८१, शनिबार
               

सलह नेपाल प्रवेश गर्ने सम्भावना बढ्यो : केन्द्र

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाल सरकारले नेपालमा पुन :सलहको झुण्ड प्रवेश गर्ने सम्भावना बढेको बताएको छ ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्ड रहेको प्लान्ट क्वरेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जानकारी दिएको हो । 

‘यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना छ,’  सो कद्रले भन्यो, ‘त्यसो भएमा नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ  प्रवेश गर्न सक्छ ।’


कस्तो लाग्यो ?

यो पनि